२७ भदौ २०८३, शनिबार | September 12, 2026

ट्राफिक प्रहरीको ब्ल्याक एण्ड ह्वाईट अप्रेशन : ३ घण्टामा ७ सय ४० जना कारवाहीमा



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज देखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ब्ल्याक एण्ड ह्वाईट अप्रेशन शुरु गरेको छ । आज मध्यान्ह १२ बजे देखी दिउँसो ३ बजे सम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको हो ।

चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९ जना , तिव्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लङघन गरी सवारी साधन चलाउने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकहरु कारवाहिमा परेका छन् । भाडाका सवारी साधनहरुमा धेरै यात्रुहरुले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरुले ट्राफिक नियम उल्लङघन गर्दा दुर्घटना हुन गई धेरै जनधनको क्षती हुने सम्भावना रहेकोले सम्भाबित दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

साथै आगामी दिनमा पनि ब्ल्याक एण्ड ह्वाईट अप्रेशनले निरन्तरता पाउने प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।

 

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ६ : ५२ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले