५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही गर्न खोजिएको भन्दै निर्देशक समाजको आपत्ति



काठमाडौं । नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ ।

शुक्रबारदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई बिहीबारसम्म सिनेमा हलहरूले शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको र प्रचार प्रसारसमेत गर्न नसकिएको भन्दै निर्देशक समाजले आपत्ति जनाएको हो ।

‘समयमै आफ्नो सामानको बिक्री मूल्य तय गरी अग्रिम रूपमा सामान बेच्न पाउने अधिकार ससारभरी नै प्रचलनमा छ । सोहीअनुरुप नेपालमा पनि चलचित्र निर्माताहरुले केही वर्षदेखियता सिनेमा घरहमार्फत दुई÷तीन दिन अगाडिदेखि नै आफ्नो प्रचार प्रसार गरी चलचित्रको टिकट बुकिङ खुल्ला गर्ने र बिक्री गर्ने गरिएको सर्ब विदितै छ,’ समाजले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा हाल सालै नेपालका सिनेमा घरहरुले हिन्दी फिल्मको सेन्सर भएको छैन भनी विभिन्न कारण देखाई समयमै सेन्सर भइसकेका आउने शुक्रबारदेखि प्रदर्शन हुने नेपाली चलचित्रहरुको टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गर्नु खेदजनक छ । सधैभरि नेपाली चलचित्र माथी बिदेशी फिल्महरुले दबाबमा राख्ने यस्तो प्रवृत्तिको हामी घोर भत्सर्ना गर्दछौ । सिनेमाघरहरुको छाता संगठन नेपाल चलचित्र संघलाई पनि यस्तो किसिम कार्यहरू अबिलम्ब रोकी चलचित्रकर्मीहरुको एक आपसको एकता, विश्वास, आत्मीयता र नेपाली चलचित्रको श्रीबृद्धिको लागि हातेमालो गर्न अपिल गर्दछौ ।’

निर्देशक समाजले चलचित्र बिकास बोर्डलाई नेपाली चलचित्र क्षेत्रलाई नै हतोत्साहित पार्ने गैरजिम्मेवारीपूर्ण कार्यहरुलाई बन्देज लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  २ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको