७ कार्तिक २०८३, शनिबार | October 24, 2026

लकडाउन मोडालिटी र स्वास्थ्य संकटकाल घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक अनिर्णित



काठमाडौं । लकडाउनको मोडालिटी र जनस्वास्थ्य संकटकाल लगाउने निर्यय गर्न मन्त्रिपरिषद् बैठक अनिर्णित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेदेखि बसेको बैठकमा कुनै निर्णय नभएपछि उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिइएको छ ।

क्राइसिस म्यानेजमेन्ट कमिटीले तयार पारेको असोज महिनासम्मको मोडालिटिबारे छलफल भएपनि निर्णय नभएपछि उच्चस्तरीय समितिलाई जिम्मा दिइएको हो ।

यस्तै स्वास्थ्य क्षेत्रमा संकटकाल लगाउने स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि कुनै निर्णय भएन ।

संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य विपदको अवस्था घोषणा गर्न मन्त्रालयले प्रस्ताव गरेको थियो । यसबारे पनि थप छलफल गर्नुपर्ने देखिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

बिहीबार अपरान्ह संकटकाल घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाउनुभएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : ४२ बजे

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले