३ असार २०८३, बुधबार | June 17, 2026

उखुमा रेडरड रोगको समस्या, किसान चिन्तित



कञ्चनपुर । बेलौरी नगरपालिका-८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । “किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ”, उनले भने, “अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ-२३८ र सिओ-२०८ जातका उखुमा रोग बढी देखापरेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्धसमेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो”, शाखा प्रमुख भट्टले भने, “यसको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको छ ।

उखुखेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेडरड नामक रोगले नोक्सानी गर्न थालेको बताए । “उखुखेती गरिएको पाँच बिघा जग्गाको धेरै ठाउँमा रोग देखापरेको छ”, उनले भने, “रोगबाट उखु जोगाउनका लागि ढुसीनाशक विषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन बिघा जग्गामा उखुखेती गरिएकोमध्ये एक बिघा जग्गाको उखु रोगका कारण पूरै सुकेर नोक्सनी भएको बताए ।

“ऋण लिएर उखुखेती गरेको थिएँ”, उनले भने, “उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नुपरेको छ ।” “सुरुआतमै रोग लाग्न लागेको बेला ढुसीनाशक विषादी छर्किए यसले नियन्त्रण गर्छ”, उखु किसान असारे वडाकले भने, “रोग लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापकरूपमा रोग फैलिएकाले उखु काटिँदासम्म निकै नोक्सान पु¥याउने उनले बताए ।

अहिलेसम्म एक सय ५० किसानले रोपेको उखु बालीमा नोक्सनी भएको छ । यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन् । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पु¥याउँछ । “उखुकोे पातमा सेतो धब्बाहरू देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ”, उनले भने, “उखुको भित्र-भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।” उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नुपर्ने उहाँले बताउनुभयो । बेलौरीका ८० प्रतिशत बढी किसानले उखुखेती गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ८ : २४ बजे

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा

चार दिनको गिरावटपछि नेप्से स्थिर, कारोबार रकम घट्यो

काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व

श्रम संस्कृति पार्टीका सांसदले रोष्टम घेरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ

राहदानी छपाई अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितता