२५ श्रावण २०८३, सोमबार | August 11, 2026

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको ठुलो परिमाणको केराउ बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल भित्राइएको २० लाख रुपैयाँ बढीको मटर (केराउ) प्रहरीले नेपालगन्जबाट बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका (१ गुलरिया बसपार्क नजिक रहेको मुस्कान ट्रेर्डसमा छापा मारेर ११ सय ३० बोरा अवैध केराउसहित टे«डर्सका सन्चालक मुबारक अहमद कबडियालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली गरेर ल्याएको अवस्थामा गोदाममा भण्डारण गरिएको २० लाख ३४ हजार रुपैयाँ बराबरको ३३ हजार ९ सय किलो केराउ बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

बिहीबार साँझ बरामद गरिएको उक्त परिमाणको अवैध केराउ र सन्चालक मुबारकलाई आबश्यक कारबाहीका लागि आज नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ३२ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय