२२ माघ २०८२, बिहिबार | February 5, 2026

धन कमाउन विदेशिएका युवा कफिनमा फर्किन्छन्; कुन वर्षमा कतिले गुमाए ज्यान !



काठमाडौं । रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ ।

वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ ।

उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८/७९ मा भएको थियो । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ रहेको थियो ।

वोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना र २०७२/७३ मा ८२६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना र २०७८/७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।

बितेको चौध वर्षमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १२ : ३६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद