९ श्रावण २०८३, शनिबार | July 26, 2026

आईओसीबाट ६ रुपैयाँ सस्तिएर आयो पेट्रोल, तर उपभोक्तालाई राहत दिने निगमको छैन योजना



काठमाडौं । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ मूल्यसूचीमा आईओसीले पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसाले घटाएर पठाएको छ । यससँगै निगमलाई पेट्रोलमा ८ रुपैयाँ नाफा बढ्ने भएको छ । आजैबाट लागु हुने गरी इन्धनको मूल्य समायोजन भएर आएको हो ।

डिजेलको मूल्य भने ४४ पैसा मात्र घटेर आएको छ । निमगलाई अझै पनि डिजेलमा ६ रुपैयाँ घाटा रहेको छ ।

यसैगरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा घटेको छ ।

निगमले नयाँ मूल्यसूची आएपनि उपभोक्तालाई राहत दिने गरी मूल्य घटाउने योजना भने नबनाउने भएको छ । नयाँ मूल्य समायोजनापछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमले दाबी गरेको छ । भारतबाट पछिल्लो मूल्यसूचीसहित चार पटक इन्धनको मूल्य घटेर आएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ३ : ४६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको