२५ चैत्र २०८२, बुधबार | April 9, 2026

सभामुख सापकोटाले हेरे ‘ऐना झ्यालको पुतली’, भन्छन्- सकिएको पत्तै भएन



काठमाडौं । सभामुख अग्नि सापकोटाले गत शुक्रबार फिल्म ‘ऐना झ्यालको पुतली’ हेरेका छन् । फिल्म हेरिसकेपछि उनले फिल्म राम्रो बनेको र यो फिल्म गाउँ सहर, शिक्षक अभिभावक सबैले हेर्नुपर्ने बताए

‘फिल्म सकिएको पत्तै भएन । म १५ वर्ष पढाएको शिक्षक हुँ । गाउँको मान्छे पनि हुँ । योसँगै फिल्मले समाजको चित्रण पनि दुरुस्त गरेको रहेछ । यो फिल्म मौलिक पनि छ र सन्देश पनि बहुआयामिक रहेछ,’ उनले भने ।

सापकोटाले पाँच वर्षअघि फिल्म ‘कान्छी’ हेरेको स्मरण गरे । उनले फिल्म ‘ऐना झ्यालको पुतली’ आफ्नो जीवनसँग मेल नखाए पनि गाउँका धेरै कुराहरू मिल्दोजुल्दो भएकोले आफैंले भोगेजस्तो अनुभव भएको बताए ।

‘मेरो घरमा बहिनी थिएनन् । दिदी थिए तर उनीहरूले पढ्न पाउँदैनथे । हामीले मात्र पढ्न पायौं, त्यसैले ठ्याक्कै मेरै जीवनसँग त मेल खाएन, तर यो हामीले गाउँमा जताततै देखेको दुनियाँ हो । खासगरी मलाई दिदीभाइको प्रेम र संघर्षको कुरा असाध्यै राम्रो लाग्यो,’ उनले भने ।

२४ भदौमा रिलिज भएको सुजित बिडारी निर्देशित फिल्मले दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ताभन्दा दोस्रो हप्तामा सो र दर्शक दुवै बढी पाइरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : ०४ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास