३ पुस २०८२, बिहिबार | December 19, 2025

तिलोत्तमामा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड-१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलको लागि नगरसभाको दोस्रो बैठक आइतबार बोलाइएको छ ।

कोभिड-१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगर प्रमुख घिमिरेले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकाश योजना कार्यान्वयनमा केन्द्रीत रहेको उहाँको भनाइ छ ।

नीति तथा कार्यक्रममा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइने, कोभिड-१९ को कारण बन्दाबन्दी हुँदा चालु आर्थिक वर्षमा कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म कुनै प्रकारको हर्जाना नलिने उल्लेख छ । ‘यो कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवा अवस्थामा शीप, उद्यमशीलता र रोजगारी, जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण, महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित छ ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो ।

कोरोना भाइरसको कारण चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावित भैरहँदा तिलोत्तमाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लक्ष्य “समृद्ध नगर : खुशी नगरबासी” नै राखेको छ । कोभिड-१९ को प्रभाव हटेपछि चालु आर्थिक वर्षका बाँकी र नयाँ कामहरु तीव्रताको साथ अघि बढ्ने भन्दै तिलोत्तमाले आगामी आर्थिक वर्ष ‘तीव्र विकासको वर्ष’ हुने जनाएको छ ।

नगरपालिकाले सम्भव हुने वडामा सार्वजनिक–निजी–साझेदारी मोडलमा कम्तिमा १० विगाहा जमिन चक्लाबन्दी गरी व्यवसायिक खेती सुरु गर्ने महत्वाकांक्षी नीति लिएको छ । आगामी आर्थिक वर्षमा किसानलाई ५० वटा दश हर्षपावर सम्मका हाते टेक्टर खरिदमा ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा ५/५ जना अगुवा किसान तयार गर्ने, मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमा अनुदानलाई निरन्तरता दिइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित मापदण्डअनुसार अन्यलाई खेती लगाउन अवरोध गरेमा सो जग्गामा हुने उत्पादनको दोब्बर जरिवाना लिने पनि नगरपालिकाले जनाएको छ । संघीय कार्यक्रम अन्तर्गत् भूमि तथा श्रम बैंक स्थापना गर्ने, “कौशी तरकारी तथा फलफूल कार्यक्रम” प्रभावकारी रुपमा सञ्चालन गर्ने, नगरको उपयुक्त स्थानमा पशु हाटबजार सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्तियुक्त बनाई भरपर्दो र विश्‍वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने, थप २ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजर सहितको सेवा प्रदान गर्ने, सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने,

प्रत्येक स्वास्थ्य संस्थामा सुविधा सम्पन्‍न खोप केन्द्र सञ्‍चालनको लागि पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै पुगेर प्रदान गर्ने, विपन्न वर्गलाई स्वास्थ्य बीमामा अनुदान दिने, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाको प्रोत्साहन भत्ता १ हजार पुर्याउने, गर्भवती महिलालाई सुपानेट झुल दिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा समेटिएको छ ।

शिक्षामा चालु आर्थिक वर्षका सबै कार्यक्रमलाई निरन्तरता दिँदै कम्तिमा ५ वटा सामुदायिक विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो ।

सोह्र–छत्तीस मूल नहरको सम्भाव्य स्थलमा बहुउपयोगी जलासय निर्माण गरी माछापालन गर्ने, नगरका सम्भाव्य स्थानमा जलासय निर्माण गरी पानी रिचार्ज हुने व्यवस्था मिलाउने, “तिलोत्तमा लगानी सम्मेलन” मा जनाइएको प्रतिबद्धताअनुसार परियोजना कार्यान्वयनको लागि आवश्यक सहजीकरण गर्ने, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा थप १५० जना युवालाई ४ लाख सम्म सहुलियत ऋण दिने, सुधारिएको आरन पेशामा आवद्ध हुन चाहनेलाई उपकरणमा ८० प्रतिशत अनुदान दिने नगरपालिकाको योजना छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : २१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको