४ श्रावण २०८३, सोमबार | July 20, 2026

लुम्बिनी प्रदेशमा संविधान दिवस, हिलाम्य सडकमा प्रभातफेरी (फोटो फिचर)



बुटवल । आठौं संविधान दिवस लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । ३ दिन विविध कार्यक्रम गरि मनाइएको दिवसको मुख्य दिन आज प्रभातफेरी सहित विशेष समारोह गरि दिवस मनाइएको हो ।

बिहानै बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रभातफरी बिसक्याम्प, नेपाली सेनाको प्रितना हेडक्वाटर, प्रहरी तालिमकेन्द्र हुँदै अन्तरराष्ट्रिय सम्मेलन केन्द्र पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा प्रदेशको झल्को दिनेगरि बिभिन्न भाषा र संस्कृतिमा आधारित झाँकी प्रदर्शन गरिएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश सरकारका मन्त्रीहरु सहित पैदल झाँकीमा सहभागीहरुलाई चौराहाबाट बिस क्याम्प सम्मको अस्तव्यस्त सडकले सास्ती दिएको थियो । विद्यालयका बालबालिका र झाँकीमा सजिएर आएका सहभागीहरुलाई बाटोमा रहेको हिलोबाट आफुलाई जोगाउन निकै हम्मेहम्मे परेको थियो ।

अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर समारोहमा परिणत भएको कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, प्रदेशसभा सभामुख पुर्ण घर्ती, मुख्यमन्त्री केसी सहित प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव र सचिवहरु, सुरक्षा निकायमा प्रदेश प्रमुखहरु सहित कर्मचारी र व्यवसायिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । संविधान दिवसका अवसरमा प्रदेश सरकारले घोषणा गरेको विभिन्न मानपदवीबाट प्रदेशका ६१ जना विभूषित भएका व्यक्तिहरुको नाम पढेर सुनाइएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : २५ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित