३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रदेश ५ मा ५६ संक्रमित २४ घण्टादेखि क्वारेन्टाइनमा, ९६५ संक्रमित हुंदा ४ जनाको मृत्यु



बुटवल । प्रदेश नम्बर ५ को ३ वटा प्रयोगशालामा परिक्षणका लागि संकलन गरिएको २० हजार ४ सय ३६ स्वाव परिक्षणबाट ९सय ६५ जनामा कोरोना पुष्टी भएको छ । अहिले सम्म परिक्षण गरिएको नमुनामा १४ हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश ५ मा ४ हजार ७ सय ५३ जनाको रिपोर्ट आउन बांकी रहेको प्रदेश स्वास्स्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्ट सहित प्रदेश ५ मा ९ सय ७० संक्रमित पुष्टी भएकोमा ४ जनाको मृत्यु भएको छ भने १ सय १७ जना निको भएर घर फर्केका छन् । प्रदेशमा ८ सय ४९ जनाले बिभिन्न कोरोना अस्पतालहरुमा स्वास्थ्य लाभ लिईरहेका छन् ।

प्रदेशमा तयार गरिएका १ हजार ६ सय ४८ क्वारेन्टाइनमा ३९ हजार २२० जनालाई राखिएको छ । ४ वटा आईसोलेसन अस्पतालमा २०९ जनाको उपचार भएकोमा १०४ जना निको भएर घर फर्केका छन् भने १०६ जना अस्पतालमै स्वास्थ्य लाभ गरिरहेकाछन् । प्रदेशमा रहेको आइसोलेसन सेण्टरमा ६७५ जनाले सेवा लिएकोमा १३ जना निको भएर घर फर्केका छन् भने ६६२ जना उपचारत छन् ।

त्यसैगरि प्रदेशमा सरकारकारी र निजी समेत गरी ४८ वटा अस्पतालमा २६ जना आशंका गरिएकाहरुको उपचार भईरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रकाशित सुचना अनुसार ५६ जनाको कहां उपचार भईरहेको छ भन्ने तथ्यांक उल्लेख गरिएको छैन ।

५६ जना संक्रमितहरु अहिले पनि क्वारेन्टाइनमै रहेकाछन् । उनीहरुलाई आइसोलेसनमा सार्ने तयारी भईरहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिएका छन् ।

प्रदेश ५ मा सबै भन्दा बढी कपिलवस्तुमा ४७५ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ०७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका