२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

वडा अध्यक्षलाई लकडाउनले छेकेन घुस खान, ३ लाख नगद सहित रंगेहात पक्राउ



बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जनप्रतिनिधि नै घुस लिंदालिंदै समातिएकाछन् । रैनादेबी वडा नम्बर ७ का वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।

शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा अख्तियार दुुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।

काठको काम गर्ने एक ब्यवसायीसँग काठ लिलामको काममा सहजीकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा पक्राउ गरिएको आख्तियार कार्यालय बुुटवलका सूूचना अधिकारी सुुरेश भुसालले जानकारी दिए । पुनलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

पुन नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । सरकारले घोषणा गरेको लकडाउनकै अवधिमा जनप्रतिनिधि घुुस रकम सहित पक्राउ परेको हुुन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : १४ बजे

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले