काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को बार्षिक समिक्षा कार्यक्रम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका अध्यक्षतामा आयोगको सभाहलमा आज सम्पन्न भएको छ ।
कार्यक्रममा आयोगका आयुक्त,सचिव, महाशाखा प्रमुख, आयोग मातहत कार्यालयका प्रमुख, आयोगका अनुसन्धान अधिकृत र ‘भर्चुअल’ माध्यमबाट आयोग मातहत कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगको समग्र काम कारबाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्य र आयोगका सामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो ।
प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका ३३ हजार ३२८ उजुरीहरू र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका सात हजार ३२३ उजुरी समेत गरेर उजुरीको सङख्या ४० हजार ६५१ रहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा प्राप्त हुन आएका उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित ४८.९६ प्रतिशत, संघ अन्तर्गत ३८ प्रतिशत र प्रदेश सरकारसँग अन्तर्गत १३.०४ प्रतिशत रहेकोे उल्लेख छ । उजुरी प्राप्त हुने विभिन्न माध्यमहरूमध्ये सबै भन्दा बढी आयोगको वेबसाइटबाट ३०.९१ प्रतिशत,इमेलमार्फत २७.०२ प्रतिशत, लिखित निवेदनबाट २१.७४ प्रतिशत, हुलाक सेवाबाट १२.८७ प्रतिशत तथा अन्य माध्यमहरू टेलिफोन, सामाजिक सञ्जाल, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकार समेतबाट ७.४६ प्रतिशत उजुरीहरू प्राप्त भएका आयोगले जनाएको छ ।
आयोगमा प्राप्त भएका ४० हजार ६५१ उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट ३२ हजार ७९९ (८०.६८ प्रतिशत) उजुरी फछ्र्यौट भएको र बाँकी सात ८५२ चालु आब। २०८३/८४ मा जिम्मेवारी सरेर आएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा आयोगको ६२ बैंठक बसी १७५ मुद्दा दायर गर्ने सहित एकहजार १३० निर्णय भएका विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार विशेष अदालतमा १७५ आरोपपत्र दायर भएको (४ वटा सम्पत्ति शद्धीकरण कसुरको मुद्दासमेत) मा कुल ९९० जनाप्रतिवादी बनाई रु. २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५ सय २४ रुपैयाँ ४० पैसाबिगो मागदाबी गरिएकोछ, जुन गत आव. भन्दा चार गुणा बढी रहेको छ।
ती मध्ये सार्वजनिक सम्पत्ति हानि नोक्सानीसँग सम्बन्धित ५६ ,घुस/रिसवतसँग सम्बन्धित ४१ , गैरकानुनी लाभ वा हानिसँग सम्बन्धित २७ ,झुट्टारनक्कली शैक्षिक प्रमाणपत्रसँगसम्बन्धी १५ ,गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ ,राजश्व चुहावट/हिनामिनासँग सम्बन्धित ५ ,सम्पत्ति शुद्धीकरण ९घुस रिसवतसमेत०४ ,सम्पत्ति शुद्धीकरण ९गैरकानुनी सम्पत्ति आर्जनसमेत०एक र अन्य विविध विषयका १५ छन । रंगेहातकारबाही २७ भएको छ ।
आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दाहरूमध्ये आब. २०८२/८३ मा १५६ वटा फैसला प्राप्त भएकोमा ८१ फैसलाहरूमा (५१.९२ प्रतिशत मुद्दामा)कसुर स्थापित भएको विज्ञप्तिमा उल्लेख छ । बिशेष अदालतबाट पूर्णपाठसहितको प्राप्त फैसलाहरूमध्ये आर्थिक वर्ष २०८२र८३ मा सर्वोच्च अदालतमा १०४ पुनरावेदन गरिएको र ३ मुद्दाहरू उपर पुनरावलोकन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनका लागिआयोगबाट चार जिल्लामा र १३४ पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमसञ्चालन गरिएकोछ । विज्ञप्तिमा आयोगको आब. २०८२/८३ मा चालु खर्च प्रगति ७०.१३ प्रतिशत र पूँजिगत खर्च प्रगति ७६.३७ प्रतिशत उल्लेख छ ।
बार्षिक समीक्षा कार्यक्रममा आयोग र कार्यालयहरूबाट प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन उपर समीक्षात्मक टिप्पणी सहित आयोगका प्रमुख आयुक्त राईले आयोगले उजुरी फछ्र्योटमा उल्लेखनीय प्रगति हासिल गरेको अवस्था विद्यमान रहेको तर उजुरीहरू गुणस्तरीयता बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अनुसन्धानका कार्यलाई द्रुतगतिमा अगाडी बढाउन अनुसन्धान अधिकृतहरूलाई उत्प्रेरित भई काममा लाग्न निर्देशन दिदै आयोगले गर्ने अनुसन्धानको गुणस्तर अभिबृद्धिको लागि दक्ष जनशक्तिको व्यवस्था र आधुनिक प्रविधिको उपयोग गर्नुपर्नेमा विशेष जोड दिए ।
बैठकमा आयुक्त र सचिवले आयोगको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउनका लागि गर्नुपर्ने नीतिगत एवं कानुनी सुधारका बारेमा प्रकाश पार्दै अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाई आयोगको पाँचौ रणनीतिक योजनाले लिएका लक्ष्यहरु पुरा गर्नेतर्फ आयोगको आगामी कार्यदिशा रहनुपर्ने उल्लेख गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।



















प्रतिक्रिया