२३ असार २०८३, मंगलबार | July 7, 2026

क्यान्सर जितेकासँग छमछमी नाचे उपचारमा संलग्न चिकित्सकहरु



ललितपुर । क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’ सँंग सोमबार छमछमी नाचेकाछन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु पूर्व विरामीहरुको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर विजेताहरुले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए । त्यही कार्यक्रममा क्यान्सर विजेताहरुको हौसला वढाउन डाक्टरहरु पुगेनन् मात्र नाचगानमासमेत सहभागी भएका थिए ।

क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले क्यान्सरको सवैभन्दा ठूलो औषधि मनोबल भएको भन्दै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए । उनले क्यान्सर रोग निको हुने रोग भएको भन्दै हौसलालाई निरन्तर बढाइराख्न सुझाए । सुदीप्त क्यान्सर सर्भाभर मिट ३६ इडिसन सेलिव्रेटिंग फिप्ट योर्स अफ सर्भावरशिप विट डली गुरुग अर्थात डली गुरुगले क्यान्सर विजय प्राप्त गरेको पाँंचौ वर्षको अवसरमा गरेको ३६ औं क्यान्सर विजेताहरुको भेटघाटमा म्युजिकल चेयरलगायतका विभिन्न कार्यक्रमहरु राखिएको थियो ।

साथै सांगितिक कार्यक्रम पनि राखिएको थियो । त्यही कार्यक्रममा चिकित्सक, क्यान्सर विजेताहरु अन्य सहभागीहरु नाचगान गरी रमाएका थिए । नाचगानमा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठलगायतले क्यान्सर विजेताहरुको खुशीमा सहभागी हुँदै हौसला बढाउन नाचगानमा साथ दिएका थिए ।

कार्यक्रममा क्यान्सर विजयी भएको पाँंच वर्ष पूरा गरेका क्यान्सर विजेता डेली गुरुगले हाल क्यान्सर रोगको उपचार गरिरहेका तीन जना विरामीहरुलाई आर्थिक सहयोग डोनेशन वितरण गरेकी थिइन् । साथै क्यान्सर विजेताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा एक दर्जन चिकित्सक, तीन दर्जन क्यान्सर विजेता तथा त्यससँंग सम्वन्धित व्यक्तिहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ०९ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै