२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने



बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर दिवसमा जनचेतनामुलक सचेतना कार्यक्रम गर्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको शनिबार बुटवलमा बसेको कार्यसमिति बैठकले माघ २१ गते (फेब्रुअरी ४)मा तिलोत्तमा नगरपालिकासंगको सहकार्यमा क्यान्सर सचेतना कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए ।

बैठकमा यस अगाडि संस्थामा मनोनित गरिएका सल्लाहकारहरुलाई सम्मान सहित स्वागत गरिएको थियो । संस्थाले यस अगाडि बसेको बैठकले संस्थाका आजिवन सदस्यहरु समाजसेवी निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ, हरिप्रसाद अर्याल, डा. रोहितराज क्षेत्री, केन्द्रीय सदस्य मधुसुदन गैरे, भिम तुलाचन, चिरञ्जिवी जोशी र पुरुषोत्तमभक्त प्रधानाङ्गलाई सल्लाहकारमा मनोनित गरेको थियो ।

बैठकमा नेपाल अर्बुद रोग निवारण संस्थाको गत पुस २५ गते काठमाण्डौंमा सम्पन्न ३५ औं साधारण सभा तथा अधिवेशनमा जिल्लाबाट भएको प्रतिनीधित्व र त्यहा भएका गतिविधिका बारेमा अध्यक्ष हमालले जानकारी गराएका थिए । त्यस्तैगरी उनले काठमाडौंको बालकुमारीमा संस्थाको भवन निर्माणका लागि रुपन्देही शाखाबाट १ लाख १ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको पनि जानकारी गराए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : १७ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु