१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा



इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ ।

सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहित चारवटा कम्पनीले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेट बोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिए ।

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याएको उनले बताए । सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक पौडेलले जानकारी दिए । दशैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याएको उनले बताए ।

बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही रु छ सय कायम गरिएको र जेटबोटले पाँच किलोमिटको दूरी तय गर्ने स्थानीय पत्रकार सङ्गम विष्टले जानकारी दिए । पानी सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलले जानकारी दिए । बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायतका ठाउँमा यात्रा गर्नका लागि सहज हुने उनले बताए । जेट बोटको क्षमता ४० सिटको रहेको पौडलले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : ०० बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक