४ आश्विन २०८३, आइतबार | September 21, 2026

बैंकको ब्याज महंगिएपछि व्यवसायी मर्कामा



पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह गरे । होटल संघ, पोखरा पर्यटन परिषद्, ओटेफ लगायतका संघ संस्थाले विज्ञप्ती नै निकालेर बैंकको ब्याजदर घटाइदिन आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर नघटाए व्यवसाय विस्थापित हुने चेतावनी दिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले थलिएको पर्यटन व्यवसाय लयमा फर्किन अझै लामो समय लाग्ने भएकोले व्याजदर बढाएर पीडा नदिन आग्रह गरेका छन् । ‘हामी उठ्न सकेकै छैनौं । कमाएपछि तिरिहाल्छौं । राज्यलाई कर तिरिरहेका छौं,’ उनले भने, ‘यस्तो समयमा ब्याजदर बढाउने हो भने अधिकांश व्यवसायी सटर बन्द गरेर हिड्नुपर्छ ।’

व्यवसायलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघको माग छ । व्यवसायीलाई सहुलियत रूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन संघका अध्यक्ष पवनकुमार प्रजापतिले आग्रह गरे ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ५१ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन