४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा सचिवालय बैठक भोलि, एमसीसीबारे छलफल हुने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी बारे छलफल हुने बताइएको छ ।

नेकपाभित्र एमसीसी पारित गर्ने या नगर्ने भन्ने विषयमा तिब्र विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी अहिलेकै अवस्थामा पारित गरिहाल्नुपर्ने पक्षमा हुनुहुन्छ । तर, अध्यक्ष प्रचण्ड सहित धेरै नेताहरु एमसीसी परिमार्जनसहित मात्र पारित हुनुपर्ने अडानमा हुनहुहुन्छ ।

नेकपाभित्र एमसीसी लफडा बढेपछि गत केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले पनि एमसीसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने सुझाव दिएको थियो ।

तर, बजेटमा एमसीसी परियोजनाअन्तर्गत सहायता लिने भनेर उल्लेख गरिएपछि नेकपामा पुनः विवाद बल्झिएको थियो । विवाद समाधान गर्न बसेको सचिवायलयको अघिल्लो बैठकले तत्काल एमसीसी परियोजना अघि नबढाउने, संसदले पारित नगरे वैकल्पिक व्यवस्थाबारे सोच्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ३ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको