१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ह्विलचियरले अपाङ्गता भएकाहरूमा ल्याएको खुसी



महोत्तरी । सोमबार बेलुका महोत्तरीको बर्दिबासमा गौरीबास-काठमाडौ सेवा समाजले दिएको ह्विलचियरमा राखेर पुर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ध्रुव गौतमलाई यताउता डुलाए ।

नयाँ ह्विलचेयरमा बसेर गौतम डुल्न पाउँदा निक्कै खुसी देखिन्थे । उनी उमेरले ५५ बर्ष भए । जन्मजात अपाङ्गता भएका गौतम ५५ वर्षदेखि नै थलामा छन् । दिशा, पिसाब गरेको समेत थाहा नपाउने भएपछि उनलाई चार वर्षदेखि बाख्राको खोरमा राखिएको छ ।

उनले नेपाल सरकारले प्रदान गर्ने क श्रेणीको भत्ता त पाउँछन् तर गौतमका माइला दाइ विश्वनाथ गौतम पनि अपाङ्ग छन् । दुई भाइ अपाङ्ग भएपछि उनीहरुको कान्छा भाइ रामप्रसाद गौतमलाई निक्कै दुःख छ ।

झण्डै चार दशक अगाडि सिन्धुलीको केहरेबाट आएका उनीहरु बर्दिबास(३ स्थित गौरिडाडामा बस्दै आएका छन् । उनीहरुका चार दाजुभाइमध्ये अर्को एक जना दाइ सिन्धुलीमा बस्दै आएका छन् । दुई अपाङ्ग दाजुभाइको स्याहारसुसारको जिम्मेवारी कान्छा भाइ रामप्रसाद गौतमले नै बोकेका छन् ।

गौरिवास(काठमाडौ सेवा समाजले दिएको ह्विलचियर पाएपछि अपाङ्गता भएका दाइलाइ मात्रै सहज त भएको छैन स्याहारसुसार गर्ने भाइ रामप्रसादलाइ पनि राहत भएको छ ।

पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको विशेष पहलमा ध्रुव गौतम जस्तै सोमबार अन्य ३ जनाले ह्विलचियर पाए । पोखरेलले घर(घरमा नै पुगेर ह्विलचियर मात्र वितरण गरेनन । प्रत्येकलाई ह्विलचियरमा हाले अनि यताउता डुलाए । उनलाई वडा अध्यक्ष बिराट बिष्टले साथ दिए ।

कतिपय काम गर्दागर्दै अपाङ्ग बनेका थिए भने कतिपय जन्मजात । बर्दिबास(३ स्थित पाटुमा बस्ने कबिता खडकाको भने अली फरक कथा छ । घरमा लिपपोत गर्न माटोको ढिस्कामा पुरिएर कविताले कम्मरदेखि तलको भाग गुमाइन । उनको ढाड र मेरुदण्ड नै भाचिएपछि कम्मरदेखि तलको भाग चल्दै नचल्ने भएको छ ।

ह्विलचियरको साहारामा खड्काले यताउता डुल्न पाउने भएपछि निक्कै सहज वन्ने आत्मविश्वास ब्यक्त गरिन ।

कविताजस्तै रजावास र कालापानीका कुलबहादुर बराल र कर्णबाहादुर पुलामीले पनि ह्विलचियर पाए । तर उनीहरु गौतमको जस्तो जन्मजात अपाङ्ग भने होइनन् । बराल उमेरले ८० बर्ष भए बुढ्यौलीको समस्या नै बरालको लागी ह्विलचियर साहारा बन्यो । यसको जरुरत गौरिबास(काठमाडौले परिपुर्ति गरेको छ ।

कर्णबहादुर र कुलबहादुरको उस्तै समस्या हो । तर, दशैको अघिल्लो दिन दिएको ह्विलचियर सबै जनाको लागी निक्कै उपयोगी सावित भएको छ ।

यसअघि पनि गौरिबास-काठमाडौ सेवा समाजले १६ वटा ह्विल चियर वितरण गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : १२ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा