२० माघ २०८२, मंगलबार | February 4, 2026

ह्विलचियरले अपाङ्गता भएकाहरूमा ल्याएको खुसी



महोत्तरी । सोमबार बेलुका महोत्तरीको बर्दिबासमा गौरीबास-काठमाडौ सेवा समाजले दिएको ह्विलचियरमा राखेर पुर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ध्रुव गौतमलाई यताउता डुलाए ।

नयाँ ह्विलचेयरमा बसेर गौतम डुल्न पाउँदा निक्कै खुसी देखिन्थे । उनी उमेरले ५५ बर्ष भए । जन्मजात अपाङ्गता भएका गौतम ५५ वर्षदेखि नै थलामा छन् । दिशा, पिसाब गरेको समेत थाहा नपाउने भएपछि उनलाई चार वर्षदेखि बाख्राको खोरमा राखिएको छ ।

उनले नेपाल सरकारले प्रदान गर्ने क श्रेणीको भत्ता त पाउँछन् तर गौतमका माइला दाइ विश्वनाथ गौतम पनि अपाङ्ग छन् । दुई भाइ अपाङ्ग भएपछि उनीहरुको कान्छा भाइ रामप्रसाद गौतमलाई निक्कै दुःख छ ।

झण्डै चार दशक अगाडि सिन्धुलीको केहरेबाट आएका उनीहरु बर्दिबास(३ स्थित गौरिडाडामा बस्दै आएका छन् । उनीहरुका चार दाजुभाइमध्ये अर्को एक जना दाइ सिन्धुलीमा बस्दै आएका छन् । दुई अपाङ्ग दाजुभाइको स्याहारसुसारको जिम्मेवारी कान्छा भाइ रामप्रसाद गौतमले नै बोकेका छन् ।

गौरिवास(काठमाडौ सेवा समाजले दिएको ह्विलचियर पाएपछि अपाङ्गता भएका दाइलाइ मात्रै सहज त भएको छैन स्याहारसुसार गर्ने भाइ रामप्रसादलाइ पनि राहत भएको छ ।

पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको विशेष पहलमा ध्रुव गौतम जस्तै सोमबार अन्य ३ जनाले ह्विलचियर पाए । पोखरेलले घर(घरमा नै पुगेर ह्विलचियर मात्र वितरण गरेनन । प्रत्येकलाई ह्विलचियरमा हाले अनि यताउता डुलाए । उनलाई वडा अध्यक्ष बिराट बिष्टले साथ दिए ।

कतिपय काम गर्दागर्दै अपाङ्ग बनेका थिए भने कतिपय जन्मजात । बर्दिबास(३ स्थित पाटुमा बस्ने कबिता खडकाको भने अली फरक कथा छ । घरमा लिपपोत गर्न माटोको ढिस्कामा पुरिएर कविताले कम्मरदेखि तलको भाग गुमाइन । उनको ढाड र मेरुदण्ड नै भाचिएपछि कम्मरदेखि तलको भाग चल्दै नचल्ने भएको छ ।

ह्विलचियरको साहारामा खड्काले यताउता डुल्न पाउने भएपछि निक्कै सहज वन्ने आत्मविश्वास ब्यक्त गरिन ।

कविताजस्तै रजावास र कालापानीका कुलबहादुर बराल र कर्णबाहादुर पुलामीले पनि ह्विलचियर पाए । तर उनीहरु गौतमको जस्तो जन्मजात अपाङ्ग भने होइनन् । बराल उमेरले ८० बर्ष भए बुढ्यौलीको समस्या नै बरालको लागी ह्विलचियर साहारा बन्यो । यसको जरुरत गौरिबास(काठमाडौले परिपुर्ति गरेको छ ।

कर्णबहादुर र कुलबहादुरको उस्तै समस्या हो । तर, दशैको अघिल्लो दिन दिएको ह्विलचियर सबै जनाको लागी निक्कै उपयोगी सावित भएको छ ।

यसअघि पनि गौरिबास-काठमाडौ सेवा समाजले १६ वटा ह्विल चियर वितरण गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : १२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको