२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चोरी तथा लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता



धनगढी । दसै्रमा शहर छोडेर जानेको संख्या उच्च बन्दा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ ।

घर खाली हुँदा चोरी हुने र लुटपाट बढ्ने सम्भावित जोखिम न्यूनीकरण गर्न अतिरिक्त प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार नियमित गस्तिमा खटिएका बाहेक टोलटोलको सुरक्षाका लागि मोबाइल टोली परिचालन गरिएको छ । टोलीले घरमा हुने चोरीबाट बचाउन सक्ने प्रहरीको आँकलन रहेको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको उनले बताए । दसौं तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनको भनाई छ ।
त्यसैगरी सादा पोसकमा पनि प्रहरी परिचालन गरिएको उनले बताए । ‘जिल्लामा १ हजार बढी अतिरत्त प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘चोरी हुने डर नमानेर ढुक्कसँग दसैं मनाउन सवैलाई अनुरोध गरेका छौं ।’

सुदूरपश्चिममा चाडपर्वलाई लक्षित गरेर ४ हजार बढी प्रहरी परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ७ : ५९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार