१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनीबाट पोखराका लागि ओलम्पिक टर्च र्याली शुरु



बुटवल । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर विहिबार पोखरातर्फ प्रस्थान गरेका छन् ।

लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्चबालेर हस्तान्तरण गरेर ¥यालीको उदघाटन गरिएको छ । मास्केको र्संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्तिदीपबाट दीगो (टर्च) लिएर शुक्रबार पोखरा पुुग्नेछ ।

खेलाडीहरुले विहिबार विहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरि पोखरातर्फ गएका छन । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शूूभकामना दिए । नेपाल खोखो संघका महासचिव समेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूूमीबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताए ।

ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीगो पोखराका ओलम्पियनहरुमाझ पुु¥याएर उर्जा थप्ने विश्वास लिए ।

खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य,प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागत सहित सफलताको शूूभकामना दिएका थिए । नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ११ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा