२० मंसिर २०८२, शनिबार | December 6, 2025

अघोषित ‘नाकाबन्दी’को मारमा माथिल्लो कर्णालीवासी



जुम्ला । माथिल्लो कर्णाली क्षेत्र यतिवेला अघोषित ‘नाकाबन्दी’को मार खेपी रहेको छ । माथिल्लो कर्णालीको भरपर्दो यातायात हवाइ सेवा हो तर राष्ट्रिय ध्वजावाहक नेपाल वायूसेवाले उडान तालिकाअनुसार उडान नभर्ने र निजी विमान कम्पनीहरू यतिबेला विदेशी पर्यटक बाेक्न पुर्वतिर गएपछि माथिल्लो कर्णालीले अघोषित नाकाबन्दीको मार खोप्नु परेको हो ।

उडान हुँदा पनि यहाँका बासिन्दा दोब्बरभन्दा बढी भाडा तिर्न बाध्य छन् । नियमित उडान नभएका कारण यहाँकाे विमानस्थलमा एक सातादेखि यात्रुहरू थुप्रिएका छन् । टिकटका लागि स्थानीय प्रशासन घेराउदेखि विभिन्न आन्दोलन भइरहेका छन् । तर, जहाजको उडान कम हुँदा सकस भइरहेको छ । नेपाल एयरलाइन्सले सेडुअल घटाएकाे मात्रै छैन सेडुअलअनुसार समेत चलेकाे छैन ।

उडान सहज बनाउन पूर्वमन्त्री नरेश भण्डारीसहितको टोली पर्यटन मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको छ । पूर्वमन्त्री भण्डारी, अर्थममन्त्रीका सल्लाहकार मनऋषि धितालसहितको टोलीले पर्यटन मन्त्रीलाई औपचारिक रुपमा ज्ञापन पत्र बुझाएको हो ।

सरकारले जुम्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशिल परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरू भने संवेदनहीन बनेका छन् । जुम्लासहित माथिल्लो कर्णालीका नागरिकको समस्यालाई मध्यनजर गर्दै संविधानसभा सदस्य तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे ध्यानाकर्षण गरेका छन् ।उनले अविरल बर्षाका कारण जुम्ला, कालिकोट, मुगुहुम्ला लगायतका कर्णाली प्रदेशका बासिन्दा अघोषित नाकाबन्दीको मारमा परेकाे बताए ।

समस्या समाधान गर्ने नागरिक उड्यन मन्त्री श्रेष्ठकाे प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ज्ञापनपत्र बुझ्दै माथिल्लो कर्णालीले भोगेको सास्तीको बारेमा जानकार रहेको बताए । उनले भने, ‘निजी ययरलाइन्सलाई बोलायर उडान बढाउने पहल गर्छु ।’ उनले नेपाल एयरलाइन्सले समेत उडान थप्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : ५९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय