३ पुस २०८२, बिहिबार | December 18, 2025

भारतमा १० करोड डोज खोप नस्ट



नयाँ दिल्ली । भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ । कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गर्नु परेको एसआइईका सीईओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९०५ भन्दा बढी हिस्सा ओगटेको छ।

भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज खुवाएको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसंख्याको ७०५ भन्दा बढीले कम्तिमा दुई डोज लिएका छन् ।

जनवरी २०२२ मा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदारहरू र ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज दिन थालेको थियो । पछि यसलाई सबै वयस्कहरूमा विस्तार गरिएको थियो । जुलाईमा भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा सबै वयस्कहरूलाई ७५ दिनका लागि निःशुल्क बुस्टर डोज उपलब्ध गराइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले अहिलेसम्म २९८ मिलियन बुस्टर डोज खुवाएको छ ।

‘बुस्टर खोपहरूको कुनै माग छैन किनकि मानिसहरू अहिले कोभिडबाट दिक्क देखिन्छन्’, पूनावालाले बिहीबार सञ्चारकर्मीलाई भने, “इमानदारीपूर्वक, म पनि थाकेको छु। हामी सबै थाकेका छौं।“

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ५९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको