२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित



काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ ।

कांग्रेसले मंसिर ६ गते घोषणापत्र सार्वजनिक कार्यक्रम तय गरेको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम र कर्णालीका कार्यकर्ता भेलामा व्यस्त रहेपछि आज बिहानलाई सारिएको थियो ।

आज बिहान १०ः३० बजे सार्वजनिक गर्ने भनिएको कार्यक्रम स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

मुख्य सचिव पौडेलले आज बिहान विज्ञिप्ति जारी गरी अनिश्चितकालका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु