१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपाल भाषाका सात भित्तेपात्रोले लिए पञ्चाङ्ग निर्णायक समितिसँग स्वीकृति



काठमाडौं । नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सात वटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् ।

चन्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ । यस वर्ष कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत्को नयाँ वर्ष ११४३ सुरु हुँदैछ ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते पञ्चाङ्ग निर्णायक समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेशअनुसार नेपालबाट प्रकाशन हुने पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो (क्यालेन्डर)ले प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ । समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रो अध्ययन गरी कारबाही गर्न अनुगमन उपसमिति पनि गठन गरिएको छ ।

नेपालका सबै जातजातिको नयाँ वर्षमा निस्कने पात्रो एवं भित्ते पात्रोले समितिसँग स्वीकृति नलिए कारबाहीका लागि सिफारिस गर्ने गरी तयारी गरिएको उपसमितिका सदस्यसमेत रहेका समितिका कर्मचारी खिलहरि घिमिरेले जानकारी दिए । नेपाल भाषाको भित्ते पात्रोका लागि नेवा : देय् दबु चन्द्रागिरि नगरपालिका–१२, बलम्बु, ललितपुर महानगरपालिका–२८ र २९ कार्यालय, हरिसिद्धि, हलिं नेवा : गुठी, मूज्याकु थक्वा : इमाद्वों नेवा : दबु, महालक्ष्मी नगरपालिका–१, नेपाली कांग्रेस भक्तपुर नगर समिति, ज्यापू समाज यल, ललितपुर, श्रीकृष्ण सिर्जनशील नेवा : खलः खैरेनीटार, तनहुँले स्वीकृति लिएको उनले बताए ।

भित्तेपात्रो प्रकाशन गर्न सातै संस्थाले रु पाँच हजारको रसिद काटेर स्वीकृति लिएका हुन् । स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले मस्यौदाका रुपमा बनाएका कार्यविधि हाल स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

मन्त्रालयको सुझाव प्राप्त भएपछि कार्यविधिलाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याइने जनाइएको छ । कार्यविधि स्वीकृति भएपछि स्वीकृति नलिने सबै पात्रो र भित्तो पात्रोका प्रकाशक कारबाहीमा पर्ने भएका छन् । पात्रो र भित्ते पात्रोमा फरक फरक तिथि, मिति, साइतलगायत विषयवस्तु उल्लेख गरिएको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । तिथि, मिति फरक पर्दा चाडपर्वका नाउमा एकरुपता नभई समस्या आउने गरेको थियो ।

रासस

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ३६ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)