३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै



धनुषा । दीपावलीको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मंगल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।

सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको हुने भए पनि यसपालि भने तिथिको भोग घटबढले छ दिनको बनेको छ । प्रचलनमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ ।

यसपालि गत शनिबार साँझ नै त्रयोदशी तिथि टेकेपछि सोही दिन ‘धनतेरस’ मनाइँदा यसपालि यो पर्व छ दिनको परेको हो । पाँच दिनको यमपञ्चकमा भने चौथो दिन नै ‘गोधन’ मनाइन्थ्यो ।

गोधन पर्वमा गाईको गोवरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले पूजा गर्ने गरिन्छ । विघ्ननासक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृति आराधना भएको मैथिल विद्वान् बताउँछन् ।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ ।

गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस र पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथा बस्तु नै पर्व परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन् । पछिपछि गोवद्र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको उनको भनाइ छ ।

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्ग्याउन प्रयोग गरिन्छ ।

गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल जनविश्वास छ ।

पर्वका दिन गाई, गोरुका सिङ् , खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) ख्वाउने र नयाँ दाम्ला लगाइ दिने (दाम्ला फेर्ने) परम्परा छ ।

पर्वको मुख्य पक्ष प्रकृति (वन, पहाड, पानीका मुहान, चरण क्षेत्र० संरक्षणको सन्देश रहेको डा. विमल बताउँछन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा यो पर्व परम्परा बनेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ५५ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका