४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै



जनकपुर । मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ ।

बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो । मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए । लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार प्रत्येक वर्ष भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने परम्परा रहिआएको छ ।

“महिलाहरू बिहानै गाई–भैँसीको गोबर, केराउ र माटो मिसाएर गोधन कुट्छन् । यो कृषिप्रधान जीवनशैलीप्रतिको कृतज्ञताको प्रतीक हो”, उनले भने । अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाइन्छ । परम्पराअनुसार राति गाई–भैँसीले त्यो गोधन कुल्चेपछि बाँकी भागलाई बिहान केराउ मिसाएर कुट्ने चलन छ । यसरी कुटिएको मिश्रणलाई ‘गोधन कुट्ने’ भनिन्छ । यसलाई धन, समृद्धि र उर्वरतासँग जोड्ने गरिएको पण्डित कुश्वेवर उपाध्यायले बताए ।

गोधन कुट्ने पर्वको अर्को विशेषता पारिवारिक स्नेह र रमाइलोपन पनि हो । महिलाले बिहानै गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने भाइहरूले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने चलन रहेको स्थानीय सोनिया यादवले बताइन् ।

यसैगरी दिदीबहिनीले रमाइलो पारामा ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ लोककथन पनि दोहर्याउँछन् । यसको अर्थ ‘केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन’ भन्ने प्रतीकात्मक सन्देश दिनु हो । गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो । यस पर्वले परिवारमा माया, स्नेह र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ ।

साँझपख गाउँका विभिन्न स्थानमा गीत, ठट्ठा र नाचगानसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ । यसले मिथिला संस्कृतिको मौलिक सौन्दर्य झल्काउँछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ८ : ०७ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा