१३ असार २०८३, शनिबार | June 27, 2026

आचारसंहिता मिच्दै सिद्धार्थनगरका मेयर, उम्मेदवारसँगै दिनदिनै घरदैलोमा



भैरहवा । सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ ९क० को खण्ड ४ मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन नपाइने व्यवस्था छ ।

तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार रहनुभएका गृहमन्त्री बालकृष्ण खाँण र लोसपाका सन्तोष पाण्डेसँगै घरदैलोमा हिँडेका छन् ।

सिद्धार्थनगरकै वडा नम्बर १२, ५, ६ मा मेयरसहित वडा नम्बर ५ र ६ का वडाध्यक्ष पनि दुबै जना उम्मेदवारको पक्षमा भोट माग्दै दिनहुँ घरदैलोमा सहभागी भएका हुन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपलिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।

निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गर्नेलाई स्पष्टीकरण सोधिने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ०१ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट