२१ असार २०८३, आइतबार | July 5, 2026

भुर्की पुजन गर्दै मधेशमा मनाइयो तिहार



नेपालगन्ज । बाँकेलगायत पश्चिमी मधेशमा बिहीवार ‘भुर्की पुजन’ गरेर तिहर पर्व मनाएको छ । मधेशी समुदायमा कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने परम्परा रहेको छ ।

भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गरेर ‘भुर्की पुजन’ गर्दै दिदीबहिनीले दाजुभाइलाई च्युरा भुर्की खुवाएर टीका लगाईदिन चलन छ ।

च्युरा भुर्की खाएर टीका लगाएपछि दाजुभाइले दिदीबहिनीलाई नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा दिने गर्दछन् ।

मधेसमा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने विश्वासको रुपमा यो पर्व मनाउने गरिन्छ । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधिदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन भुर्की पुजन गरि दाजुभाईलाई पुज्ने गरिन्छ ।

सत्ययुगमा राजा बलिका बहिनी गंगा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार रहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ५ : ४१ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा