१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

निर्वाचन सामग्री धमाधम ढुवानी, १६ कात्तिकभित्र ७७ वटै जिल्लामा पुग्ने



काठमाडौं । आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ ।

आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ ।

आयोगले शुक्रबारदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी सुरु गरेको छ। सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो ।

अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन्।

आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार १६ कात्तिकभित्र नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : २४ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार