१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र जनमुक्ति पार्टीबीच तालमेल



बुटवल । पाँच दलीय सत्तारुढ गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने भएका छन् ।

शनिबार सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेका हुन् ।

जसअनुसार रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सघाउने भएको छ । यहाँ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई रोजेको हो ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने छ । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगर लाई सघाउने निर्णय भएको गठबन्धन र जनमुक्तिले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ३६ बजे

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ