४ आश्विन २०८३, आइतबार | September 20, 2026

कथाकार रेग्मी र पत्रकार न्यौपानेलाई दधिराज पुरस्कार



काठमाडौं । साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपानेलाई यस वर्षको दधिराज पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गरेको भन्दै बाँकेका वरिष्ठ कथाकार सनत रेग्मीलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको हो ।

यस्तै, पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी विशेष योगदान दिएका मोरङका वरिष्ठ पत्रकार अनन्तराज न्यौपानेलाई २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । यस वर्षको पुरस्कार आगामी मंसिरमा एक समारोहको आयोजना गरी वितरण गरिने महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष साहित्य र पत्रकारिता क्षेत्रका दुई व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एसपी कोइराला र प्राध्यापक चूडामणि बन्धु र पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट २०७३ सालदेखि यो पुरस्कार नियमित प्रदान गरिंदै आएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन