१४ असार २०८३, आइतबार | June 28, 2026

विष्णु पौडेलले अगाडि सारे नमूना सडक बिस्तारको योजना



बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले चिल्लो र फराकिलो सडक निर्माणपछि गुल्जार बन्दै गएको कालिकापथकै मोडलमा बुटवलको मिलनचोकदेखि देविनगर हुँदै हात्तिसुढ तथा रङ्गशालासम्मको सडक बिस्तार गर्ने योजना अघि सारेका छन् । कालिकापथमा सडक निर्माणपछि चहलपहल बढ्नुका साथै व्यवस्थित बन्ने क्रममा रहेको बताउँदै पौडेलले त्यसैगरी बुटवलका अन्य सडकहरुको पनि निर्माण गरिने उल्लेख गरेका हुन् ।

निर्माणाधीन कालिकापथले पूर्णता पाउँदा बुटवलकै मुहार फेरिने गरी शहरीकरणको रुप देखिने दाबी गर्दै उनले उक्त पथमा रहेको विद्युत लाइनका टावरहरुलाई समेत व्यवस्थित गरिने उल्लेख गरे । सडक क्षेत्रमा पर्ने मठमन्दीरहरुलाई समेत व्यवस्थित गरी सुन्दर बुटवलको परिकल्पना गरिएको उनले बताए । नेकपा एमालेले सोमबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पौडेलले बिकास निर्माणमा राजनीति नगर्न आग्रह समेत गरे । निर्माणाधीन तिनाउ करिडोर सम्पन्न भएपछि बुटवलको मुहार फेरिने दाबी गर्दै उनले यो योजनाबाट यहाँको कोही पनि जनता विस्थापित नहुने बताए ।

यसैगरी तिनाउ नदीका विभिन्न ठाउँमा निर्माण गरिएका पुलले बुटवल वारी र पारी भन्ने नरहेको पौडेलले बताए । “जनताको माग अनुसार नै निर्माण भएका डबल लेनका मोटरेवल पुलले जोडेपछि अब वारी र पारी भन्ने छैन”–पौडेलले भने–“बुटवल अव एक भैसक्यो ।” तिनाउ–दानव करिडोर बनेपछि नदी किनारको हरियाली र सडकले बुटवल थप सुन्दर हुने उनले दाबी गरे ।

कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ का उम्मेदवार लिला गिरीले मुलुकको समृद्धि र बिकासका लागि एमालेको जित आवश्यक रहेको बताए । यस क्षेत्रमा निर्माण हुँदै गरेका कालिकापथ, ऐतिहासिक तथा पर्यटकिय क्षेत्र जितगढीको संरक्षण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती लगायतका योजना पूरा गर्नका लागि पनि एमालेको नेतृत्वका आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : २१ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा