३ पुस २०८२, बिहिबार | December 18, 2025

एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छ : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् ।

चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे ।

‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो । फागुन ३ गतेसम्म सरकार बन्न दिइएन ।

निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो । अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्याऔं । तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ रु सबैले थाहा पाएका छन्,’ ओलीले भने ।

ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद् बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाए । एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे ।

‘एमालेसँग मात्र देश बनाउने भिजन छ । काम गर्ने क्षमता छ । एमालेको सुदृढ बहुमतविना देशको विकास हुँदैन । सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ । त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो । विकासका निम्ति प्रतिबद्ध छौं,’ उनले भने ।

अन्य दलका सरकारले देशको विकास नहुने उनले दाबी गरे । प्रशासनिक झन्झट र व्यवधान हटाउन पनि बहुमतको सरकार चाहिने ओलीले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ५७ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको