१४ असार २०८३, आइतबार | June 28, 2026

मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे



बुटवल । रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिवद्धतासहित विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट थालेका छन् ।

यसअघि तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाएर चर्चामा आएका पूर्व नगर प्रमुख घिमिरेले मंगलबार कञ्चन,गैडहवा र लुम्बिनी साँस्कृतिक नगरपालिकाका मतदाताहरुसँग भेटघाट थालेका हुन् ।

उनीसँगै मतदाता भेटघाटमा प्रदेश सभा सदस्यका उम्मेदवार भुमिश्वर ढकाल, रामचन्द्र यादवलगायत पार्टीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । मतदातासँगको भेटघाटका उम्मेदवार घिमिरेले विश्व समुदायमा नेपाललाई चिनाउने लुम्बिनीसमेत रहेको रुपन्देही क्षेत्र नं। ५ को समग्र विकासका लागि आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउँदै निर्वाचनमा जिताउन मतदातालाई आग्रह गरेका छन्।

घिमिरेले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने र नेपाल र भारतबीच रहेको सीमा र भन्सारको समस्या समाधानमा महत्वपूर्ण भूमिका सहित सडक पूर्वाधारका आयोजनाहरुलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

एमाले नेता घिमिरेले नेकपा एमालेले अघि सारेको योजनाबाट क्षेत्र नं ५ मा विकासको लहर ल्याउने klg बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ०६ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली