१४ असार २०८३, आइतबार | June 28, 2026

मन्त्रीहरूले सरकारी स्रोतसाधन प्रयोग नगरी निर्वाचन प्रचारमा जान पाइन्छ : आयोग



काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेकाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइने जनाएको छ ।

आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरु चुनावी प्रचारप्रसारमा जान पाइने जानकारी दिएका हुन् ।

निर्वाचन आचारसंहिता पालना गरेर चुनावी प्रचारप्रसारमा लाग्न राजनीतिक दल र तिनका नेताहरुलाई उनले आग्रह गरे ।

हालसम्म ७१ जना व्यक्ति र संस्थालाई आचारसंहिता उल्लंघन गरेका विषयमा स्पष्टीकरण सोधेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघनका विषयमा निगरानी गर्न स्थानीय प्रशासनलाई पनि परिचालन गरिएको बताए ।

आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको पनि बताए । उनले ले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए ।

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए ।

 

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ४७ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली