२९ भदौ २०८३, सोमबार | September 15, 2026

लमजुङमा देव गुरुङ भर्सेस पृथ्वीसुब्बा, कसले मार्ला बाजी ?



लमजुङ । लमजुङमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ सालमा लमजुङ प्रदेशसभा ‘ख’बाट लडेका पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । उनी फेरि प्रदेशमै लड्न चाहन्थे । तर, अध्यक्ष केपी ओलीले उनलाई प्रतिनिधिसभाको टिकट थमाए ।

२०४८ सालयता देव चौथोपटक संसदीय चुनाव लड्न लागेका हुन् । २०४८ सालमा उनी संयुुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए । २०६४ सालको चुनावमा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जितेका थिए । उनले त्यतिबेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । त्यसपछि देव २०७४ सालमा एमाले माओवादी वाम गठबन्धनबाट लमजुङबाट प्रतिनिधिसभा सदस्य विजयी भए । अघिल्लोपटक देव गठबन्धनबाट संघमा लड्दा प्रदेश सभा लडेका पृथ्वीसुब्बा यसपटक उनैसँगै प्रतिस्पर्धामा छन् ।

पृथ्वीसुब्बा सातौँपटक संसदीय चुनाव लड्न लागेका हुन् । यसअघि ६ पटक चुनाव लड्दा उनले दुईपटक मात्र जितेका छन् । २०४८, २०५१, २०५६ सालको चुनाव हारेका पृथ्वीसुब्बा २०६४ सालमा पहिलो संविधानसभा सदस्य चुनावमा विजयी भएका थिए । २०७० सालको संविधानसभा सदस्य चुनावमा भने पराजित भए । २०७४ सालको चुनावमा प्रदेश सांसद विजयी भएर उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । अहिले गठबन्धनको साथ पाएका देव र एमालेबाट उम्मेदवार बनेका पृथ्वीसुब्बाबीच कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ४१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ