२१ माघ २०८२, बुधबार | February 4, 2026

सप्तरीमा निर्वाचन आचारसंहिताको खिल्ली, सरकारी डाक्टर उपेन्द्र यादवको प्रचारप्रसारमा



सप्तरी । निर्वाचन आचार संहिताअनुसार सरकारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्तिले कुनै पनि प्रचारप्रसार वा भोट माग्दै हिड्नु हुँदैन् । यस्ता व्यक्ति निश्पक्ष बसेर मतदातालाई उनीहरूको मतको सही प्रयोग गर्नु पर्छ । तर, सप्तरीका निर्वाचन क्षेत्रहरूमा भने यस्तो अवस्था छैन । यहाँका कर्मचारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्ति नै आफूअनुकुलको उम्मेदवार जिताउन अग्रमोर्चामा कुदिरहेका छन् ।

डा. रञ्जित झा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् । उनी अहिले जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई जिताउन रातदिन निर्वाचन क्षेत्रमा खटिरहेको भेटिन्छ । उनलाई कार्यालयमा भन्दा पनि अचेल सप्तरी क्षेत्र नम्बर २ तिर प्रचार प्रसार गरिरहेको भेटिने स्थानीयको भनाई छ ।

यादवको फेसबुक एकाउण्टमा पोष्ट गरिएको भिडियोमा पनि डा। झाले जसपाका नेता कार्यकर्ता माझ प्रशिक्षण दिए झै गरेको प्रष्ट देखिन्छ ।

डा. झाकी दिदी रञ्जु ठाकुर पनि जसपाबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार छिन् । नेपाल सरकारको तलब खाने डा। झाले उपेन्द्र यादवको सामाजिक सञ्जाल एकाउण्टमार्फत आम मतदातालाई गजेन्द्रनारायण सिंह अस्पतालको नायकको रुपमा प्रस्तुत गर्नु निर्वाचन आचार संहिताको विपरीत रहेको स्थानीयको भनाइ छ ।

यसअघि राजविराज नगरपालिकाका अधिकृत मनोजकुमार यादवले खुल्लेआम यादवको प्रचारमा लागेपछि उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : १७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता