२९ मंसिर २०८२, सोमबार | December 15, 2025

किन घट्यो सिवाइसी नेपालको नाफा ?



काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्म आइपुग्दा लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.७३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसअवधिमा सञ्चालन नाफा पनि ५.५५ प्रतिशतले घटेर २ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २ करोड ५७ लाख रुपैयाँ रहेको थियो । संस्थाले १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ बराबरको सापट लिएर ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म संस्थाले १ अर्ब ४७ करोड १४ लाख रुपैयाँको निक्षेप संकलन गरेको छ ।

खुद ब्याज आम्दानी भने ३६.१० प्रतिशत ले बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घट्दा नाफा प्रभावित भएको हो । यसले गत वर्ष राइट ब्याक बापत १ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो । सिवाईसी नेपालको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ । जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ जम्मा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा छ । यसको खराब कर्जा अनुपात घटेर २.८७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ०४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार