२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सेलिब्रेटी चाहिए सिलवाललाई मत दिनू, विकास र समृद्धि चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा



काठमाडौ । ललितपुर-१ प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले आफ्ना मतदातालाई विकास र समृद्धिका लागि आफूलाई भोट दिन आग्रह गरेका हुन् ।

चुनावी कार्यक्रममा मतदातालाई उनले भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’

आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताएका उनले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो यसबारे चासो राख्नुपर्नेमा जोड दिए ।

निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटीमात्र बन्न खोजेको आरोप लगाएका उनले सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने बताए ।

कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेको राणाको आरोप छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : २७ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ