१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

चुनावी माहोलले तातिँदै चिसो मनाङ



लमजुङ । हिमालपारिको जिल्ला मनाङमा मौसम दिन प्रतिदिन चिसिँदो छ । चिसो बढे पनि चुनावी माहौल भने तात्दै गएको छ । केही दिनअघि काठमाडौंमा भोट माग्न ब्यस्त भएका मनाङका उम्मेदवार अहिले भने गाउँ फर्केर विकासे एजेन्डा बोकेर घरदैलोमा पुगेका छन् ।

गतवर्ष यतिबेला मनाङीहरू बेंसी झर्न सुरु गरिसक्थे । ढिलोमा मंसिर पहिलो साता झर्ने गरे पनि सुरुवात अहिलेदेखि नै हुन्थ्यो । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङ्डुङ गुरुङले चिसो बढ्दै गए पनि अहिले नै बेंसी झर्ने छुट नरहेको बताए । ‘चिसो बढ्दै आएको छ । काठमाडौं जाउँ भने चुनाव मुखैमा आयो । बेंसी झर्नुपर्ने बेला काठमाडौं–पोखरा बस्दै आएकाहरू पनि चुनावले गाउ आउने भए ,’ उनले भने । गुरुङका अनुसार चुनावले गाउँका नागरिक गाउँमै रोकिएका छन् । चुनावपछि मात्रै काठमाडौं जाने सल्लाह भएको उनले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार चिसो बढ्दै गए पनि चुनावका कारण मनाङी गाउँमै रोकिएको बताए । ‘मनाङी चुनाव कुरिरहेका छन् । चुनाव सकिएपछि मात्रै काठमाडौं–पोखरा झर्ने भनिरहेका छन्,’ उनले भने । उनका अनुसार उम्मेदवार गाउँ आएका छैनन् । उम्मेदवार आएपछि मात्रै चुनावी माहौल सुरु हुने उनले बताए । मनाङको नार्पाभूमिका बस्ती नार र फू गाउँ समुद्री सतहदेखि ४ हजार मिटर माथि छ । गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार चिसो बढिसकेको छ । गाउले चुनावको पर्खाइमा छन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङीमा अहिले बेंसी झर्ने सुरसार छैन । गतवर्षभन्दा यस वर्ष चिसो अलि छिटो बढेको आभास भएको उनले बताए । ‘गतवर्ष अलि ढिलो चिसो बढेको हो । मंसिर पहिलो साता मनाङी झरिसक्थे । कात्तिक पहिलो सातादेखि जान सुरु हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने मनाङी झरेका छैनन् । चुनाव सकेर जाने भन्दै छन् ।’

मनाङमा एमालेबाट प्रतिनिधिसभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् । सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ उठेका छन् । मनाङ प्रदेशसभा ‘१’ मा एमालेबाट राजनबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ उम्मेदवार छन् ।

नेपालमै सबैभन्दा कम ६ हजार ४९६ मतदाता रहेको मनाङमा सदरमुकामदेखि ३ दिनको पैदल दूरीमा समेत मतदानस्थल छन् । सबैभन्दा कम मतदाता नार्पाभूमि गाउँपालिका–५, फू गाउँको वडा कार्यालय मतदानस्थलमा कुल ७० मतदाता छन् । सबैभन्दा बढी मनाङ ङिस्याङ–५, भ्राका आधारभूत विद्यालय मतदानस्थलमा ५५७ जना मतदाता छन् ।

मनाङमा तीन खाले मतदाता छन् । गाउँमै रहेका रैथाने मतदाता न्यून छन् । अर्काखालका मतदाता गाउँकै भए पनि बसोबास र व्यवसाय गाउँमा छैन । पोखरा, काठमाडौं वा अन्य सहरमा बसोबास गर्ने उनीहरू चुनाव, चाडपर्व वा जन्ममृत्युसहित धार्मिक संस्कारमा सहभागी हुन मात्र गाउँ आउँछन् । यस्ता मतदाताको संख्या मनाङमा ४० प्रतिशतभन्दा बढी छ । गाउँका मतदाताभन्दा सहरका मतदाता महंगा र निर्णायक मानिन्छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : ३३ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams