२ पुस २०८२, बुधबार | December 17, 2025

जनमतलाई मतदान गरौँ विकास गरेर देखाउछौँ- सिके राउत


२० कार्तिक २०७९, आइतबार  

143
Shares

कपिलवस्तु । जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् । कपिलवस्तुको रुद्रपुरमा आज आयोजित चुनावी सभामा बोल्दैअध्यक्ष राउतले मङ्सिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरे ।

पटकपटक नेतृत्व गरेका नेता असफल भएको उनले बताए । उनले भने, “यहाँ लामो समय राणाले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन् ।” जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ४२ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व