७ पुस २०८२, सोमबार | December 23, 2025

पशुपति भने, दीपकलाई जिताएर पठाउनुस् हामी गृहमन्त्री बनाएर पठाउँछौं



भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताउन आग्रह गरेका छन् ।
सोमबार भैरहवामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दीपक बोहरा विकासको लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् ।

उनलाई मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस् हामी उनलाई गृहमन्त्री बनाएर पठाउँछौं । ’राणाले दीपक बोहराको जित सुनिश्चित रहेको बताउँदै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे ।

उनले भने, ‘दीपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न बाँकी छ, दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ । ’राणाले रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरुले प्रतिनिधिसभा सदस्यमा हलोमा र प्रदेशमा छाता र सुर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे ।

उनले भने, ‘प्रतिनिधिसभामा हलोमा, प्रदेशको ३ (१) मा छाता र ३ (२)मा सुर्यमा मतदान गर्ने हो । उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय नेतृत्वले दीपकको विजयीको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमान्दारितासँगै विजयीको सुनिश्चिता रहेको समेत बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ३३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत