२ पुस २०८२, बुधबार | December 17, 2025

उम्मेदवारबाट धम्की आएपछि आचारसंहिता अनुगमन अधिकारीका लागि आयोगले माग्यो प्रहरी सुरक्षा



काठमाडौं । निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा पाएका एकजना अधिकारीलाई सत्ता गठबन्धनका उम्मेदवारले धम्की दिएपछि निर्वाचन आयोगले प्रहरी सुरक्षा माग गरेको छ । पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएपछि कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सासँग आयोगले प्रहरी सुरक्षा मागेको हो ।

रिजालबाट कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले कार्कीको आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाइ उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न पर्सा प्रहरीलाई आयोगले निर्देशन दिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन । सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाहरूबारे स्मरण गराएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : २४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन