२० माघ २०८२, मंगलबार | February 3, 2026

चार्टर्ड विमानको बढि भाडा असुल्ने विरूद्ध छानविन समिति गठन



काठमाडौं । नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्रि गरेको सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरेर विमान चार्टर गरी यात्रु ओसार्दा टिकट बिक्रीगर्ने चार्टर पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिइएको हो सत्यतथ्य छानवीन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेस आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिएकाछन् ।

समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई यातायात महाशाखा
प्रमुख सदस्य तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राजन नेपाल सदस्य(सचिव रहेकाछन् ।

मन्त्रालयलाई नेपालमा रहेका विदेशी तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्रि गरेको आरोप लागेको थियो ।

मन्त्रालयले आगामी दिनमा विमान चार्टर गर्दा जुन देशको लागि चार्टर गर्न लागिएको हो उक्त मुलुकको सम्बन्धित कुटनैतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने व्यवस्था गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तिमा भाडादर नखुलेको अवस्थामा र चार्टर गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा
दर उचित भएको देखिएमा मात्र चार्टर उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ०७ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि