२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कञ्चनपुरमा मतदाता रिझाउँदै उम्मेदवार


२३ कार्तिक २०७९, बुधबार  

156
Shares

कञ्चनपुर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलहरुले धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् । नेकपा एमालेका जिल्ला सहसचिव कर्ण चन्दले जिल्लाका ९२ वटै वडामा प्रचारप्रसार तीव्र पारिएको बताए । “निर्वाचन नजिकिँदै छ हामीले प्रचारप्रसार तीव्र पारेका छौँ ।” उनले भने, “उम्मेदवार घरदैलोमा पुगेर आ–आफ्नो पक्षमा मत मागिरहेका छन् ।”

तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेकोे कञ्चनपुरमा सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र पारेका छन् । नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले निर्वाचन आउन थोरै दिन भएकाले उम्मेदवार मतदाता रिझाउन व्यस्त रहेको बताए ।

“गठबन्धनका उम्मेदवार विजयी गराउनका लागि टोल–टोलमा समिति बनाएर परिचालन गरेका छौँ ।” उनले भने, “समय छोटो भएकाले टोलटोलमा भेला गरेर उम्मेदवारले आफ्ना एजेन्डा मतदातामाझ राख्दै हुनुहुन्छ ।” उम्मेदवार घोषणापत्रसहित घरदैलोमा पुगेर अहिले मतदाताको मन तान्न लागिपरेका छन् ।

मतदाताले भने विकासका योजना ल्याउन सक्ने उम्मेदवारले जित्नुपर्ने बताएका छन् । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदिशप्रसाद भट्टले विकास र समृद्धिको आवश्यकता भएकाले विकास ल्याउने उम्मेदवारले जीत्नुपर्ने बताउँछन् ।

“महाकाली करिडोर निर्माण र दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह निमार्ण गर्नसक्ने उम्मेदवारलाई जिताउनुपर्छ”, उनले भने, “अहिलेसम्म हामीले आश्वासन मात्रै पायौँ अब बोलेर हैन गरेर देखाउनेलाई मत दिनुपर्छ ।” उनले गड्डाचौकी अत्तरिया सडक छ लेन र दैजी जोगबुढा सडक निमार्ण गर्नसके यहाँको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले पनि तयारी तीव्र पारेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीयतहका वडा मतदाता शिक्षाका लागि कर्मचारी खटिएका छन् । निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : २५ बजे

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे