११ भदौ २०८३, बिहिबार | August 27, 2026

पाँच दिनका लागि माडी नगरपालिका सिल



चितवन । चितवनको माडी नगरपालिका पाँच दिनका लागि सिल गरिएको छ ।

बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बिहीबारदेखि लागु हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो ।

यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख ढकालले बताउनुभयो ।

समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन पाइने छैन ।

यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलबाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने–गराउने निर्णय भएको छ ।

यस्तै स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगरप्रमुख ढकालले बताउनुभयो ।

माडीमा पहिलोपटक सोमबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : २३ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक