२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ; माओवादी सकिन्छ : रवीन्द्र मिश्र



काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् ।

‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने ।

मिश्रले अबको केहीवर्षभित्र देशमा तीनवटा पार्टीमात्र रहने दाबी गर्दै यौटा मुख्य पार्टी राप्रपा हुने जिकिर गरे । माओवादी पेण्डुलम भएर सकिने उनले भविष्यवाणी गरे ।

देश कस्तो बनाउने भन्ने नेतृत्वमा परिकल्पना चाहिने बताएका मिश्रले देशमा भएका भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सकेमा आर्थिक विकास सम्भव रहेको बताए ।

भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : २१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ