७ पुस २०८२, सोमबार | December 22, 2025

चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताए । नेता सिंहले भने, “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ ।”

थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता नेता सिंहले जनाए । समस्या समाधान गर्दा जबरजस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर काम गर्ने उनको प्रतिबद्धता छ ।

सरकार र सुकुम्बासीलाई पनि हुने गरी जीत, जीतको मान्यता अनुसार समस्या समाधान गर्नेमा नेता सिंहको जोड थियो । मतदाताले सरकारी कार्यालयको कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने जानकारी गराए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ४० बजे

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा