२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

२५० जना नयाँ संक्रमित थपिए, कोरोना भाइरसका संक्रमितको संख्या ४,६१६ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २५० जना संक्रमित थपिएका छन् ।

जसमध्ये २३० जना पुरुष र २० जना महिला संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

देशका ७२ जिल्लामा हालसम्म संक्रमितको संख्या ४६१४ पुगेको छ । यसमध्ये ४२८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको छ ।

यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

हालसम्म रेड जोनमा ४९२ जना रहेका छन् । काठमाडौंका १ जना आज रेडजोनमा परेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको छ । जसमध्ये १ सय ८९ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

बिहीबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएको छ ।

गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

अहिले देशभरीका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् । देशभरी १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : २५ बजे

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको